प्रस्तावित राजदूत सुनारमाथि महिला हिंसाको प्रश्न

हिमाल प्रेस २८ असोज २०८३ १७:०९ | Wednesday, October 14, 2026
12
SHARES
प्रस्तावित राजदूत सुनारमाथि महिला हिंसाको प्रश्न

काठमाडौँ- साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन्।

बुधबार बसेको संसदीय सुनुवाई समितिमा समिति सदस्यहरुले सुनारमाथि परेको महिला हिंसा, आर्थिक लेनदेन, जर्मनीबाट डिपोट गरिएको लगायतका विषयमा प्रश्न राखेका थिए।

जवाफमा प्रस्तावित राजदूत सुनारले १३ वर्ष पहिले एक अर्काबीच प्रेम सम्बन्ध रहेको र त्यस क्रममा विवाद भएर ललितपुर प्रहरी कार्यालयमा मिलापत्र भएको बताए। फोनमा कुराकानी भएको विषयलाई लिएर आफ्नो चरित्र हत्या गर्ने काम भएको र आफूविरुद्ध पावर अफ एटर्नी लिएर अर्कै व्यक्तिले लगातार मुद्दा हाल्ने काम भएको उनले बताए।

उनले आफ्नो नाममा हालसम्म कुनै पनि उजुरी दर्ता नभएको र कुनै पनि फौजदारी कसूरमा दोषी नठहराइएको दाबी गरे। सरुवा बढुवामा ठूलो आर्थिक चलखेल गरेको उजुरीका सन्दर्भमा सुनारले उक्त आरोपहरू पूर्ण रूपमा आधारहीन रहेको र त्यसको कुनै पनि आधिकारिक पुष्टि नभएको तर्क गरे।

त्यस्तै उनले आफूलाई जर्मनीबाट डिपोट गरिएको विषयमा समेत कुनै सत्यता नरहेको उल्लेख गरे।

प्रकाशित: २८ असोज २०८३ १७:०९ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast