कांग्रेस युवा केन्द्रीय सदस्यमा सचिन तिमिल्सेनासहित १५ जना निर्वाचित

हिमाल प्रेस २७ असोज २०८३ २०:२० | Tuesday, October 13, 2026
46
SHARES
कांग्रेस युवा केन्द्रीय सदस्यमा सचिन तिमिल्सेनासहित १५ जना निर्वाचित फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवशेनअन्तर्गत ३५ वर्षमुनिका युवा खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

निर्वाचन समितिले दिएको जानकारीअनुसार सचिन तिमिल्सेना सर्वाधिक ३ हजार १५६ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएका छन्।

त्यस्तै यो समूहबाट ईन्जिनियर अभिषेक आत्रेय २ हजार ८१४ मतसहित दोस्रो स्थानमा रहँदा २ हजार ७५३ मत ल्याएर सुशील भट्ट तेस्रो भएका छन्।

निर्वाचित हुने अन्य उम्मेदवारमा डा.आयुस बगाले, आदर्श मल्ल, ईन्जिनियर रोशन बस्नेत, इन्जिनियर शैलेश मिश्र, सौगात थापा, उषा सापकोटा र विजय गुरुङ रहेका छन्।

त्यस्तै मदनराज उपाध्याय, विनोदराज जोशी, भुपेन्द्रसिंह थेवे, श्यामराज ओझा र यज्ञशिव राई केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह तथा खुलातर्फका केन्द्रीय सदस्यहरूको मतगणना गरिएको हो।

प्रकाशित: २७ असोज २०८३ २०:२० | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast