काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।
खतिवडा सहमहामन्त्री पदमा भारी मतका साथ निर्वाचित भएपछि उनले महाधिवेशन प्रतिनिधि, शुभेच्छुक तथा पार्टीका नेताकार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्।
खतिवडाले देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधिले आफूलाई सहमहामन्त्री पदमा निर्वाचित गराएको उल्लेख गर्दै सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।
उनले भनेका छन्,‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा देश तथा विदेशबाट आएर मलाई भारी मतका साथ सहमहामन्त्री पदमा निर्वाचित गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, आदरणीय शुभेच्छुक तथा नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूमा मनैदेखि धेरै धेरै आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु।’
प्रकाशित: २७ असोज २०८३ १७:४५ | Tuesday, October 13, 2026
प्रतिक्रिया




