सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ

हिमाल प्रेस २७ असोज २०८३ १४:५६ | Tuesday, October 13, 2026
सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काभ्रे- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन्।

सार्वजनिक बिदाको दिन (शनिबार), असोज २४ गते सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रविन विष्टले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा सापकोटालाई असोज २५ गते पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा उपस्थित गराइएको छ।

सापकोटालाई जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको सूचना विष्ट जानकारी दिए।

उनका अनुसार सापकोटामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइनेछ।

प्रकाशित: २७ असोज २०८३ १४:५६ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast