कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरि खतिवडा जितनजिक

हिमाल प्रेस २७ असोज २०८३ ६:३६ | Tuesday, October 13, 2026
20
SHARES
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरि खतिवडा जितनजिक नेपाली कांग्रेसका पूर्वसांसद रामहरि खतिवडा।

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा जित नजिक पुगेका छन्। हालसम्म ५ हजार ८९ मत गणना हुँदा रामहरिले २ हजार १७८ मत प्राप्त गरेका छन्। अब लगभग दुई हजार मत गणना हुन बाँकी छ। दुई सहमहामन्त्रीमा  खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता कायम गरेका छन्।

शिवाकोटीको १ हजार ५५६ मतसहित सिवाकोटीले दोस्रो स्थानमा अग्रता बनाएका छन्।  १ हजार ३३० मत प्राप्त गरी डिल्लिराम सुवेदी तेस्रो स्थानमा रहेका छन् भने देवेन्द्र राज कडेल १ हजार १२ मतसहित चौथो स्थानमा रहेका छन् ।

राजिव ढुंगानाले ९०१ मत, विकास कोइरालाले ८१५ मत, अमृत कुमार अर्यालले ६६६ मत, रमेश प्रसाद धमलाले ५८० मत तथा विमलराज क्षेत्रीले १९६ मत प्राप्त गरेका छन् । खुलातर्फका दुई सिटका लागि मतगणना कार्य अझै जारी रहेको छ ।

 

प्रकाशित: २७ असोज २०८३ ६:३६ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast