काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता डा. सन्तोष उपाध्यायले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा लज्जास्पद मत ल्याएका छन्। उनले कांग्रेस दुई महामन्त्रीमा प्रतिस्पर्धीहरूको सबैभन्दा पछि पर्दै ९७ मत ल्याएका छन्।
महामन्त्रीमा विजयी बनेका नेता द्वय प्रदीप पौडेल र उदय शमशेर राणाको क्रमश ४ हजार १९४ र २ हजार ३३० मत छ। अन्य प्रत्यासीहरुमा डा। सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ ल्याउँदा उपाध्यायले १०० मत पनि कटाएनन्। उपाध्याय अछाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।
चिकित्सकसमेत रहेका उपाध्यायले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट चिकित्साशास्त्रमा स्नातक गरेका छन्। उनी विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघमार्फत कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आएका हुन्।
चिकित्सा पेशासँगै उपाध्याय सामाजिक सेवा, सञ्चार र खेलकुद व्यवस्थापनका क्षेत्रमा समेत सक्रिय छन्।




