कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

हिमाल प्रेस २४ असोज २०८३ १६:२९ | Saturday, October 10, 2026
22
SHARES
कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि उपसभापति र महामन्त्रीको मतगणना हुँदैछ।

निर्वाचन समितिले उपभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएसँगै मतगणना गर्ने तयारी गरेको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए।

उपभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न १४ कोठामा हुँदैछ। सीसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिहरूको नाम संकलन भइरहेको छ।

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो। सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए। थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन्।

उनले पार्टी कार्यालयमा शनिबार सम्बोधन गर्दै खड्गीसहित अबको गणनामा पराजित हुने सबैलाई समेटेर अगाडि बढ्ने वचन दिएका छन्।

थापाले पार्टीमा धेरै जिम्मेवारी बहन गर्नुपर्ने भएकाले कोही पनि जिम्मेवारीबाट उम्कन नपाउने भन्दै अहिलेको गणनाबाट क्षणिक रूपमा जित हार देखिए पनि जिम्मेवारीका हिसाबले सबैको उत्तिकै भूमिका हुने विश्वास वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुषाललाई साथमा राखेर दिलाएका छन्।

प्रकाशित: २४ असोज २०८३ १६:२९ | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast