काठमाडौँ- काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास जारी छ।
निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन असहज भएको छ।
राजमार्गका अन्य स्थानमा पनि अवरोध हुनसक्ने भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न उनले अनुरोध गरेका छन्।
प्रकाशित: २४ असोज २०८३ ९:४३ | Saturday, October 10, 2026
प्रतिक्रिया



