रोशी बस दुर्घटना : ८ जना मृतकमध्ये ४ को पहिचान खुल्यो

हिमाल प्रेस ३० जेठ २०८३ ६:३३ | Saturday, June 13, 2026
10
SHARES
रोशी बस दुर्घटना : ८ जना मृतकमध्ये ४ को पहिचान खुल्यो

काठमाडौँ- काभ्रेको रोशी गाउँपालिका–७ स्थित बुचाकोटमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ८ जनामध्ये ४ जनाको पहिचान खुलेको छ । अन्य ४ जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा।३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमध्ये रोशी गाउँपालिका–७ निवासी ३४ वर्षीया फुलमाया तामाङ, रोशी गाउँपालिका–८ निवासी ६० वर्षीया प्यारीमाया तामाङ र रोशी गाउँपालिका–६ निवासी ७५ वर्षीय इन्द्रबहादुर लोप्चन रहेका छन्। उनीहरू तीनै जना एउटै गाउँपालिकाका बासिन्दा हुन् ।

दुर्घटनामा दैलेख घर भएका ३० वर्षीय बमबहादुर भण्डारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। उनी नेपाली सेनामा अमल्दार पदमा कार्यरत रहेको खुलाइएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १६ जनाको उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइते हुनेमा रोशी गाउँपालिका–८ की २२ वर्षीया एनिशा तामाङ, रोशी गाउँपालिका–६ की २० वर्षीया विष्णु डोल्मो तामाङ, धनबहादुर तामाङ, ३० वर्षीय चन्द्र तामाङ, १८ वर्षीया रमिता वाइवा, ४० वर्षीय मनब तामाङ, ६० वर्षीय डम्बरबहादुर शाह, ४३ वर्षीय कृष्णबहादुर तामाङ, बर्दियाको बारबर्दिया नगरपालिका–१२ निवासी २५ वर्षीय सुरेशबहादुर बादी, बनेपा नगरपालिका–३ निवासी ३४ वर्षीय घोया सिंह तामाङ ९बस चालक०, रोशी गाउँपालिका–२ की ६२ वर्षीया विष्णुमाया लामा तथा तेमाल गाउँपालिका–८ निवासी ४३ वर्षीय मनुराज तामाङ रहेका छन् ।

त्यसैगरी, नामथर नखुलेका करिब ५र६ वर्षका एक बालक, १ वर्षकी एक बालिका, ६०र६२ वर्षका एक पुरुष र २०र२२ वर्षकी एक महिला पनि घाइते भएका छन्। प्रहरीका अनुसार तीमध्ये पुरुष र महिलाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनापछि प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीको टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीले मृतकहरूको पहिचान खुलाउने तथा बाँकी घाइतेहरूको विवरण संकलन गर्ने काम जारी रहेको जनाएको छ । साथै, फरार नभई उपचारमा रहेका सबै घाइतेलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।

प्रकाशित: ३० जेठ २०८३ ६:३३ | Saturday, June 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast