आफ्नो नाम जोडेर प्रचार गरिएका सूचीलाई आधिकारिक समर्थन नबुझ्न गगनको आग्रह

हिमाल प्रेस २३ असोज २०८३ ७:२४ | Friday, October 9, 2026
8
SHARES
आफ्नो नाम जोडेर प्रचार गरिएका सूचीलाई आधिकारिक समर्थन नबुझ्न गगनको आग्रह

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापाले केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको सूचीमा आफ्नो नाम जोडेर प्रचार गरिएको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन नबुझ्न आग्रह गरेका छन्।

केन्द्रीय कार्यसमितिका लागि शुक्रबार मतदान सुरु भएपछि थापाले यसपटक पार्टीमा कुनै पनि प्यानल वा गुट नरहेको बताएका हुन्।

‘यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो। यसपटक कुनै पनि प्यानल वा गुट छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नलिन आग्रह गर्दै थापाले कुनै पनि अफवाहमा नलाग्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

उनले प्रतिनिधिहरूलाई कुनै भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर स्वतन्त्र विवेक, मूल्यांकन र विश्वासका आधारमा मतदान गर्न अपिल गरेका छन्।

यसैबीच, बिहीबारका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो सुरु भएकोमा थापाले महाधिवेशन प्रतिनिधिहरूसँग क्षमायाचनासमेत गरेका छन्।

प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास उनले व्यक्त गरेका छन्।

प्रकाशित: २३ असोज २०८३ ७:२४ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast