काठमाडौँ- युवा नेता अनोज कार्कीले नेपाली कांग्रेसले १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। उनी कोशी प्रदेशको ३५ वर्ष मुनीको युवा (खुल्ला)तर्फबाट केन्द्रीय सदस्यमा लडेका हुन्।
यसपटक पार्टीको केन्द्रीय तहमा पुगेर युवा अभियान चलाउने उनको योजना छ। अनोज यसअघि त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापतिको उम्मेदवारीबाट बन्चित भएका नेता हुन्। उनले नेविसंघबाट उम्मेदवारी दिएकोमा संगठनभित्र लफडाका कारण नाम काटियो। त्यसबेला नेविसंघबाट दीपक जोशीको नाम सदर हुँदा अनोज बाहिरिए। उनै अनोज अहिले पार्टीको केन्द्रीय निकायमा पुग्न चाहिरहेका छन्।
यसपटक कांग्रेसले ३५ मुनीको उमेर समूहको छुट्टै क्लष्टर बनाएर युवालाई प्राथमिकता दिएको छ। सोही क्लष्टरबाट एकजना महिला र एक पुरुष निर्वाचित हुने व्यवस्था छ।



