हतियार देखाएर लुटपाटमा संलग्न चार जना पक्राउ

हिमाल प्रेस २२ असोज २०८३ १७:३१ | Thursday, October 8, 2026
4
SHARES
हतियार देखाएर लुटपाटमा संलग्न चार जना पक्राउ प्रतिनिधिमूलक तस्बिर।
काठमाडौँ- लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन्।भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु बस्ने दोलखाका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९ वर्षीय नवीन राउत र काठमाडौँको कीर्तिपुर नगरपालिका-६ चारघरे बस्ने ३० वर्षीय निल कुमार बस्नेत पक्राउ परेका नेपाल प्रहरीले जनाएको छ।

सूर्यविनायक नगरपालिका-४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मंगलबार धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीहरूमाथि डाँका चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट पाँच दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित: २२ असोज २०८३ १७:३१ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast