उपसभापतिमा उम्मेदवारी फिर्ता लिएकोमा देवराज चालिसेले मागे क्षमा, भने : गगन थापाको आग्रहलाई सम्मान गरेँ

हिमाल प्रेस २२ असोज २०८३ ९:०६ | Thursday, October 8, 2026
उपसभापतिमा उम्मेदवारी फिर्ता लिएकोमा देवराज चालिसेले मागे क्षमा, भने : गगन थापाको आग्रहलाई सम्मान गरेँ

काठमाडौँ- नेपाली कांग्रेसको उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै नेता देवराज चालिसेले कार्यकर्तासँग क्षमा मागेका छन्। उनले पार्टी सभापति गगन थापाो आग्रहलाई स्वीकारेका छन्।

‘साथीहरूमा मेरो अनुरोध छ , यो निर्णय विलकुल पार्टीको एकता, सस्थागत मर्यादा र सामूहिक हित लाई ध्यानमा राखि गरिएको निर्णय थियो । यो निर्णय चुनाव लक्षित छैन र व्यक्ति लक्षित पनि छैन , यसमा साथीहरू स्वतन्त्र हुनुहुन्छ । पार्टी प्रणालीमा सभापतिको राजनैतिक निर्णयको सम्मान गर्नु मैले आफ्नो कर्तव्य ठानेरै यो निर्णय लिएको हुँ।’

उनले भनेका छन्,’हामीले पार्टीका लागि केही गर्न भनेर भूमिका खोजेका हौ । कुनैपनि भूमिका अन्तिम हुँदैनन् र भूमिका आफूले रोज्ने भन्दा पार्टीले खोज्ने प्रणालीले नै पार्टी प्रणालीलाई बलियो बनाउँदछ। पार्टीका जिम्वेवारिहरू प्रतिष्ठा भन्दा परिणामका विषय हुन्। सामूहिक शक्ति र एकताबद्ध प्रयासले मात्र हामीले हाम्रो पार्टीलाई सुदृढ बनाउन सक्दछौ। साथीहरूको विश्वास र सद्भावप्रति गहिरो सम्मान छ।’

प्रकाशित: २२ असोज २०८३ ९:०६ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast