काठमाडौँ- नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार देवराज चालिसेले उम्मेदवारी फिर्ता लिएका छन्।
खुलाबाट उपसभापतिमा मनोनयन दर्ता गराएका चालिसेले उम्मेदवारी फिर्ता लिएका हुन्।
केन्द्रीय निर्वाचन समितिका संयोजक राजु कटुवालले उपसभापतिका उम्मेदवार चालिसेले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।
यसअघि खुला उपसभापतिमा उम्मेदवारी दिएका डा.मिनेन्द्र रिजालले पनि उम्मेदवारी फिर्ता लिइसकेका छन्।
उपसभापति खुलातर्फ रिजाल र चालिसेसहित डा.चन्द्र भण्डारी, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा.चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन्।
कांग्रेस विधानमा खुलातर्फ एक जना उपसभापति निर्वाचित हुने व्यवस्था गरिएको छ।
प्रकाशित: २१ असोज २०८३ १६:२१ | Wednesday, October 7, 2026
प्रतिक्रिया



