कांग्रेस महाधिवेशन : फेरि सर्‍यो मतदान समय, २ बजेदेखि सुरु गर्ने तयारी

हिमाल प्रेस २२ असोज २०८३ १३:०२ | Thursday, October 8, 2026
8
SHARES
कांग्रेस महाधिवेशन : फेरि सर्‍यो मतदान समय, २ बजेदेखि सुरु गर्ने तयारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमितिका लागि बिहीबार हुने भनिएको मतदानको समय दोस्रोपटक सरेको छ।

बिहान १० बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि तयारीका लागि भन्दै समय दिउँसो १ बजेसम्मका लागि सारिएको थियो । अहिले फेरि मतदानको समय २ बजेको लाई सरेको हो।

मतदान अघि राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्रीका उम्मेदवारहरुसँग छलफल गरेको थियो। सो छलफलमा मतदान २ बजेदेखि सुरु गर्ने सहमति भएको निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।

प्रकाशित: २२ असोज २०८३ १३:०२ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast