काठमाडौँ- सुनचाँदीको भाउ बढेको छ। बुधबार तोलामा आठ सय रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला चार हजार चार सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार तीन सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: २२ असोज २०८३ ११:१३ | Thursday, October 8, 2026
प्रतिक्रिया



