ब्ल्याक डेकरको दसैँ योजना सार्वजनिक, बम्परमा भियतनाम भ्रमण

हिमाल प्रेस २१ असोज २०८३ १७:३२ | Wednesday, October 7, 2026
ब्ल्याक डेकरको दसैँ योजना सार्वजनिक, बम्परमा भियतनाम भ्रमण

काठमाडौँ- चाडपर्वलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको ब्ल्याक डेकरले ‘दसैँ विथ ब्ल्याक+डेकर’ योजना सार्वजनिक गरेको छ।

योजनामा ग्राहकले विभिन्न उपकरण खरिदमा पक्का उपहारसँगै पाक्षिक तथा बम्पर लक्की ड्रमार्फत आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।

‘Stylish Living. Smart Choices.’ नारासहित सार्वजनिक गरिएको योजनाअन्तर्गत ब्ल्याक+डेकरका तोकिएका उत्पादन खरिद गर्ने ग्राहकले इलेक्ट्रिक केटल, एप्रोन र एरोमा किटलगायत पक्का उपहार प्राप्त गर्न सक्नेछन्।

योजनाअन्तर्गत हरेक १५ दिनमा पाक्षिक लक्की ड्र सञ्चालन गरिनेछ। पाक्षिक लक्की ड्रका विजेताले ब्ल्याक+डेकरको मिक्सर (मोडेल MG550-IN) प्राप्त गर्नेछन्। लक्की ड्रमा सहभागी हुन ग्राहकले विज्ञापन वा स्टोरमा उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ।

यस्तै, योजनाको बम्पर लक्की ड्रमा भाग्यशाली एक विजेताले भियतनाम भ्रमणको अवसर प्राप्त गर्नेछन्। बम्पर लक्की ड्रमा सहभागी हुन पनि ग्राहकले उपलब्ध क्यूआर कोड स्क्यान गरी विवरण दर्ता गर्नुपर्नेछ।

ब्ल्याक+डेकरले आफ्ना उपकरणमा दुई वर्षको रिप्लेसमेन्ट वारेन्टीसमेत उपलब्ध गराएको जनाएको छ। ११६ वर्षको इतिहास बोकेको ब्ल्याक+डेकरले नेपाली उपभोक्तालाई लक्षित गर्दै दशैं, तिहार तथा छठको अवसरमा योजना ल्याएको हो।

सीमित अवधिका लागि लागू हुने योजना नेपालभरका २२ वटा सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शपका साथै आधिकारिक बिक्रेता सञ्जाल तथा cgdigital.com.np मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २१ असोज २०८३ १७:३२ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast