घट्यो नेप्से परिसूचक

हिमाल प्रेस २१ असोज २०८३ १६:२५ | Wednesday, October 7, 2026
घट्यो नेप्से परिसूचक

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार सामान्य अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अंकले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६३ अंकले घटेर ४६१ दशमलव २२ मा पुगेको छ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव २६ अंकले घटेर १७७ दशमलव ४५ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १९ अंकले घटेर १५५ दशमलव ६५ मा पुगेको छ।

आज विभिन्न कम्पनीका एक करोड तीन लाख ६८८ कित्ता सेयर रु तीन अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ मूल्यमा खरिद बिक्री भएको छ।

आज १३ उपसमूहमध्ये एक उपसमूह बढ्यो भने १२ उपसमूह घटेको छ। आज १०० कम्पनीको सेयर बढ्यो भने १६७ कम्पनीको सेयर घट्यो। त्यसैगरी १२ कम्पनीको सेयर स्थिर रह्यो।

नेप्सेका अनुसार आज घलेम्दी हाइड्रोपावर, एनआईसी एसिया ब्यालेन्स फण्ड, इङवा हाइड्रोपावरलगायतका लगानीकर्ताले कमाएका छन्।

त्यसैगरी ग्लोबल आईएमई समुन्नत योजना, एसबिएल डिबेञ्चर र मेगा म्युचुअल फण्डलगायतका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित: २१ असोज २०८३ १६:२५ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast