बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर पौडेल समूहको उम्मेदवारी घोषणा

हिमाल प्रेस २१ असोज २०८३ १५:१६ | Wednesday, October 7, 2026
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर पौडेल समूहको उम्मेदवारी घोषणा

बुटवल- बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको नेतृत्वका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उमेदवारी घोषणा गरेको छ।

संघको २६औँ अधिवेशन बिहीबार सुरु हुँदै छ। अधिवेशनको पूर्वसन्ध्यामा पौडेल समूहले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्यानल घोषणा गरेको हो। ‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व’ भन्ने मूल नाराका साथ प्यानलले २० बुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेको छ।

पौडेल समूहबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा वसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतीक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईँ र सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) उम्मेदवार रहनेछन्।

यसैगरी कार्यसमिति सदस्य पदहरूका लागि समेत विभिन्न व्यवसायीहरूले उम्मेदवारी दिएका छन्। एसोसियट सदस्यहरुमा भानुभक्त खत्री (भानु), उद्योग सदस्यहरुमा सुनिता बन्जाडे, कृष्णप्रसाद पाण्डे, ज्ञानबहादुर पुन, लेखनाथ भण्डारी उमेदवार रहेका छन्।

वाणिज्य सदस्यहरुमा गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने र रामबहादुर भण्डारी रहेका छन्। महिला सदस्यमा रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी रहेका छन्। खुला सदस्यतर्फ विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्यायले उमेदवारी घोषणा गरेका छन्।

व्यवसायीको सम्मान, व्यापारको सुरक्षा र बुटवलको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा व्यावसायिक दर्ता, नवीकरण र प्रशासनिक प्रक्रियालाई सरल र पारदर्शी बनाउने, मुख्य बजारको पार्किङ तथा ट्राफिक व्यवस्थापन सुधार्ने र बन्द वा विस्थापनको जोखिममा रहेका उद्योगहरूको संरक्षण गर्ने विषय समावेश गरिएका छन्।

अध्यक्षका उम्मेदवार पौडेल बुटवल उपमहानगरपालिकाका वडा न.४ का वडाअध्यक्ष समेत हुन्। उनले आफू नितान्त व्यवसायीहरुको हकहितमा काम गर्ने टिमसहित मैदानमा उत्रेको बताए।

यसैगरी डिजिटल भुक्तानी र अनलाइन व्यापारलाई प्रवर्द्धन गर्ने, बैंक तथा वित्तीय संस्थासँग ब्याजदर र कर्जा विषयमा नियमित संवाद गर्ने, भन्सार तथा आयातनिर्यात प्रक्रिया सहजीकरण गर्ने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने र युवा तथा नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाइएको छ।

प्रकाशित: २१ असोज २०८३ १५:१६ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast