तीन दिनसम्म वर्षाको सम्भावना

हिमाल प्रेस १९ असोज २०८३ १९:५६ | Monday, October 5, 2026
तीन दिनसम्म वर्षाको सम्भावना

काठमाडौँ- मनसुन बाहिरिएको ठानेर दंग परेका राजधानीका बासिन्दा अचानक वर्षा भए पछि चिन्तित भएका छन्।

जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना रहेको जनाएको हो। यद्यपि लगातार झरी नपर्ने विभागको भनाइ छ।

आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको तर लामो समयसम्म लगातार झरी नपर्ने मौसमविद् विनु महर्जनले बताएका छन्।

कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम छ।

कोशी, मधेश र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ।

प्रकाशित: १९ असोज २०८३ १९:५६ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast