काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी प्राप्त गरेका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले दुवै जनाको अनुपस्थितिमा प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन्।
अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा अमेरिकाको भ्रमणमा छन्।
साथै जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठक (‘प्रि–कोप लिडर्स इभेन्ट’) मा सहभागी हुनका लागि परराष्ट्रमन्त्री खनाल फिजी भ्रमणमा छन्।
प्रकाशित: १९ असोज २०८३ १७:५५ | Monday, October 5, 2026
प्रतिक्रिया



