काठमाडौँ- राष्ट्रियसभा सदस्य गीता देवकोटाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दि प्रस्तुत गरेकी छन्।
झन्डै चार दशकदेखि राजनीतिमा सक्रिय रहँदै आएकी उनी खस आर्य महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी प्रस्तुत गरेकी हुन्।
विद्यार्थी राजनीतिबाट सुरू भएको उनको राजनीतिक यात्रा स्थानीय जनप्रतिनिधि, पार्टी संगठन र सामाजिक अभियान हुँदै राष्ट्रियसभासम्म पुगेको छ।
२०४४ सालमा उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरू गरेकी थिइन्। २०५१ सालमा कांग्रेसको साधारण सदस्यता र २०५३ सालमा क्रियाशील सदस्यता प्राप्त गरेकी थिइन्। त्यसयता उनी पार्टी तथा विभिन्न संगठनमा निरन्तर सक्रिय रहँदै आएकी छन्।
लामो संगठनात्मक यात्रापछि देवकोटा कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। पार्टीभित्र विभिन्न तहमा का मगर्दै उनले महासमिति सदस्यलगायत जिम्मेवारीसमेत सम्हालेकी थिइन्।
२०८२ माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा ६ हजार २३९ मतभार प्राप्त गर्र्दै उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन्। कांग्रेसको जारी १५ औँ महाधिवेशनमा उम्मेदवारी दिएर उनी पुनः केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गर्न लागेकी छन्।



