कर्मचारीलाई अर्धमासिक रूपमा तलब भुक्तानी गर्न पत्राचार

हिमाल प्रेस १९ असोज २०८३ १५:४२ | Monday, October 5, 2026
कर्मचारीलाई अर्धमासिक रूपमा तलब भुक्तानी गर्न पत्राचार

काठमाडौँ- महालेखा नियन्त्रक कार्यालयले संघीय सरकार मातहतका निकायहरूमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूलाई महिनाको दुई पटक (अर्धमासिक रूपमा) तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन पुनः निर्देशन दिएको छ।

महालेखा नियन्त्रक कार्यालय, बजेट तथा शोधभर्ना शाखाले देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) हरूलाई पत्राचार गर्दै उक्त व्यवस्था कार्यान्वयन गराउन अनुरोध गरेको हो।

यसअघि चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवातमै मिति २०८३/०५/०१ को पत्रमार्फत हरेक महिनाको १५ दिन व्यतित भएपछि अर्धमासिक रूपमा तलब भुक्तानी गर्न निर्देशन दिइएको थियो।

अर्थ मन्त्रालयको मिति २०८३/०१/०४ को नीतिगत मार्गदर्शन अनुसार प्रणालीमा (सफ्टवेयर/सिस्टम) आवश्यक सम्पूर्ण प्राविधिक व्यवस्था मिलाई कार्यान्वयन भइरहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा नियन्त्रक कृष्णबहादुर अधिकारीका अनुसार निर्णयबमोजिम आआफ्नो कार्यक्षेत्र भित्रका सरकारी कार्यालयहरूमा अर्धमासिक तलब भत्ता भुक्तानी निकासाको आवश्यक व्यवस्था मिलाउन सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई पुनः ताकेता गरिएको छ।

प्रकाशित: १९ असोज २०८३ १५:४२ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast