२ हजार ५६६ किलो गाँजासहित दुई पक्राउ

हिमाल प्रेस १९ असोज २०८३ ११:१२ | Monday, October 5, 2026
२ हजार ५६६ किलो गाँजासहित दुई पक्राउ

काठमाडौँ- सुनसरी प्रहरीले दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

इनरुवा नगरपालिका–३ सखुवागाछी चोकमा गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ७ ख १८२५ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राई छन्। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ।

रोकिराखेको ट्रक जाँच गर्ने क्रममा ८३ वटा बोरामा ‘प्याक’ गरिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिए।

बन्दागोबी बोकेको ट्रकमा लुकाएर लैजाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

प्रकाशित: १९ असोज २०८३ ११:१२ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast