गण्डकीका मुख्यमन्त्री पाण्डेले कांग्रेस उपसभापतिमा उम्मेदवारी

हिमाल प्रेस १९ असोज २०८३ १०:२३ | Monday, October 5, 2026
गण्डकीका मुख्यमन्त्री पाण्डेले कांग्रेस उपसभापतिमा उम्मेदवारी

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापतिमा उम्मेदवारी दिएको उनले बताए।

पार्टीभित्र र बाहिरबाट समेत कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेको बताउँदै उनले पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नमा आफ्नो प्राथमिकता रहने प्रतिबद्धता व्यक्त गरेका छन्। ४५ वर्षभन्दा पार्टीमा सक्रिय उनी ३ पल्टसम्म केन्द्रीय सदस्य चुनिएका थिए । लामो समयको अनुभवसँगै युवा पुस्तासँगको निरन्तर सहकार्य र युवामैत्री कार्यशैलीलाई आगामी राजनीतिक यात्राको आधार बनाउने उनले बताएका छन् । उनले भने, ‘हिजोको अनुभव, आजको ऊर्जा र भोलिको यात्राबीचको सहकार्यबाट नयाँ आधार निर्माण गर्दै अघि बढ्नुपर्नेछ।’

सरकार सञ्चालन क्रममा पार्टीका मूल्य, मान्यता र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई मूल आधार बनाएर काम गर्दै आएको उनको दाबी छ । पार्टी संगठन र सरकार सञ्चालनका क्रममा प्राप्त अनुभव आगामी दिनमा पार्टीको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सुशासन, पारदर्शिता, जवाफदेहिता, निष्पक्षता र संगठन सुदृढीकरणमा एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।

गत स्थानीय तह निर्वाचनमा उनी गोरखा २ कबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनले एमालेका बसन्त गुरुङलाई ११ हजार ११५ मतान्तरले पराजित गरेका हुन् । पाण्डेले १६ हजार ८८२ मत प्राप्त गर्दा एमालेका गुरुङले ५ हजार ७६७ मत ल्याए। सो क्षेत्रमा कुल २७ हजार ३२७ मत खसेको थियो । काठमाडौंमा शनिबारदेखि सुरु काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत २० असोजमा उम्मेदवारी मनोनयन र २२ गते मतदानको समय तालिका तोकिएको छ ।

प्रकाशित: १९ असोज २०८३ १०:२३ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast