बाँकेमा ‘अति भारी’ वर्षा, बाँकेको ढकेरीमा १ घण्टामै ५२ मिलिमिटर वर्षा

हिमाल प्रेस १९ असोज २०८३ ७:३८ | Monday, October 5, 2026
बाँकेमा ‘अति भारी’ वर्षा, बाँकेको ढकेरीमा १ घण्टामै ५२ मिलिमिटर वर्षा पानी परेपछि ढाकिएको त्रिवि क्रिकेट मैदान

काठमाडौँ- पछिल्लो एक घन्टामा बाँकेको ढकेरीमा ५२ मिलिमिटर वर्षा भएको छ। बैजपुरमा २५ मिलिमिटर वर्षा एक घन्टामै मापन भएको छ। पछिल्लो २४ घन्टामा कोशीदेखि लुम्बिनी प्रदेशसका पहाड र तराईका भूभागमा वर्षा भएको छ। केही ठाउँमा भारी वर्षा मापन भएको छ।

झापाको अनारमनी बिर्तामा ५२.४ मिलिमिटर वर्षा भएको छ। पाँचथरको मेमेङ जगातमा ५५.८ मिलिमिटर, संखुवासभाको खाँदबारीमा ६२.८ मिलिमिटर, सुनसरीको चतरामा ४३.६ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै कपिलवस्तुको रंगाईमा ६३ मिलिमिटर, रूपन्देहीको तुसारेपानीमा ४३.८ मिलिमिटर, बर्दियाको सानो श्री चेपाङमा ५२।६ मिलिमिटर वर्षा पछिल्लो चौबीस घन्टामा भएको छ।

प्रकाशित: १९ असोज २०८३ ७:३८ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast