प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप

हिमाल प्रेस २७ माघ २०७९ १७:३८ | Friday, February 10, 2023
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप

काठमाडौँ- प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ।  समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा समितिको म्याद थप गर्नका लागि पेस गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

बैठकमा ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभा नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको तर त्यसलाई पूरा गर्न सात दिन समय लाग्ने निर्णय समितिबाट भएकाले सोही प्रस्ताव आफूले प्रतिनिधिसभा बैठक पेस गरेको बताए।

गत माघ १० गते २१ सदस्यीय सो समिति गठन गरिएको थियो। समितिलाई कार्य प्रारम्भ भएको मितिले १५ दिनभित्र मस्यौदा प्रतिनिधिसभामा पेस गर्ने कार्यादेश दिइएको थियो। गत माघ १३ गतेदेखि काम सुरु गरेको समितिको म्याद आजै सकिँदै थियो।

प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते आइतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ।

 

प्रकाशित: २७ माघ २०७९ १७:३८ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast