१९ वर्षीय पवन कार्की बने देउवा पक्षीय कांग्रेसका कान्छा वडा सभापति

हिमाल प्रेस १७ असोज २०८३ १३:१९ | Saturday, October 3, 2026
154
SHARES
 १९ वर्षीय पवन कार्की बने देउवा पक्षीय कांग्रेसका कान्छा वडा सभापति

काठमाडौँ- शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको वडा अधिवेशन अन्तर्गत मुगुको सोरु गाउँपालिका–३, भिईमा सम्पन्न अधिवेशनबाट १९ वर्षीय पवन कार्की वडा सभापतिमा चयन भएका छन्। युवा उमेरमै पार्टीको वडा नेतृत्वमा पुगेपछि कार्की कांग्रेसका कान्छा वडा सभापतिका रूपमा चर्चामा आएका छन्।

असोज १५ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत भिईमा सम्पन्न अधिवेशनले कार्कीलाई वडा सभापतिको जिम्मेवारी दिएको हो। कार्कीको नेतृत्वमा २० सदस्यीय वडा कार्यसमिति समेत चयन गरिएको छ।

देउवा र शेखर कोइराला समूहका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न अधिवेशनमा युवा उमेरमै वडा नेतृत्व सम्हाल्ने अवसर पाएका कार्कीको चयनलाई मुगुमा कांग्रेसभित्र युवा पुस्ताको नेतृत्व प्रवेशको महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

नेपाली कांग्रेसका युवानेता तथा महासमिति सदस्य धर्मराज शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्कीलाई वडा सभापतिमा चयन गरिएको जनाइएको छ।

कार्यक्रमपछि कांग्रेसका युवानेता धर्मराज शाहीले पार्टीभित्र युवा सहभागिताको विषय उठाउँदै गगन थापा समूहप्रति आलोचनात्मक टिप्पणी गरेका छन्।

शाहीले भनेका छन्, “गगन थापा समूहले हरेक जिल्लाबाट आफ्ना नातेदारहरूको लिस्ट बोकेर काठमाडौं पुग्दै गर्दा हामी कांग्रेसको संरचनामा वास्तविक युवाहरूलाई अवसर दिने नीति लिइरहेका छौं।”

१९ वर्षकै उमेरमा वडा नेतृत्वको जिम्मेवारी पाएका पवन कार्कीको चयनसँगै कांग्रेसको स्थानीय संगठनमा युवा पुस्ताको भूमिकाबारे बहससमेत चर्किएको छ।

प्रकाशित: १७ असोज २०८३ १३:१९ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast