पत्रकारितामा ५० वर्षभन्दा बढी क्रियाशिल हरि लम्साल रहेनन्

हिमाल प्रेस १७ असोज २०८३ १३:५३ | Saturday, October 3, 2026
पत्रकारितामा ५० वर्षभन्दा बढी क्रियाशिल हरि लम्साल रहेनन्

काठमाडौँ- वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि फोक्सोको उपचार गराइरहेका थिए ।

स्वर्गीय लम्साल नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्वसभापति थिए। उनका दुई छोरा, दुई छोरी र श्रीमती छन् ।

यसैबीच, नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले पत्रकार लम्सालको निधनप्रति दुःख व्यक्त गरेका छन्। नेपाली पत्रकारितामा लम्सालले ५० वर्षभन्दा बढी समय क्रियाशील रही उनले राष्ट्रवाणी साप्ताहिकलाई सम्पादकीय नेतृत्व दिएको दाहालले बताएका छन्। रासस

प्रकाशित: १७ असोज २०८३ १३:५३ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast