दसैँ नजिकिँदै गर्दा फेरि वर्षाको सम्भावना, भोलिदेखि फेरि मौसमी प्रणाली सक्रिय हुने

हिमाल प्रेस १७ असोज २०८३ ९:१९ | Saturday, October 3, 2026
दसैँ नजिकिँदै गर्दा फेरि वर्षाको सम्भावना, भोलिदेखि फेरि मौसमी प्रणाली सक्रिय हुने

काठमाडौँ- दसैँ नजिकिँदै गर्दा फेरि वर्षा हुने सम्भावना बढेको छ।  भोलिदेखि फेरि मौसमी प्रणाली सक्रिय हुने भएको छ। माथिल्लो वायुमण्डलीय प्रभावका कारण आगामी एक साता वा त्यसभन्दा केही बढी समयसम्म देशका विभिन्न भूभागमा वर्षाको क्रम जारी रहने मौसमविद् विनोद पोखरेलले बताए। उनका अनुसार वर्षा देशभर एकैपटक वा दिनभर लगातार नभई मुख्यतः अपराह्नपछि सुरु भएर साँझसम्म सक्रिय रहने सम्भावना बढी छ।

आज देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ। भोलि आइतबारदेखि यो मौसमी प्रणाली थप सक्रिय हुँदै सोमबार र मंगलबार देशका अधिकांश भूभागमा फैलिने देखिएको छ। यी दुई दिन केही स्थानमा छोटो समयका लागि भारी वर्षासमेत हुन सक्ने प्रक्षेपण गरिएको छ।

त्यसपछि बुधबारदेखि वर्षा केही कम हुने र बिहीबार पहाडी भेगका केही स्थानमा पुनः हल्का पानी पर्न सक्ने संकेत देखिएको उनले बताए।

प्रकाशित: १७ असोज २०८३ ९:१९ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast