कपिलवस्तुमा ट्रक र बस ठोक्किँदा चालकको मृत्यु, ११ घाइते

हिमाल प्रेस १६ असोज २०८३ १०:५५ | Friday, October 2, 2026
कपिलवस्तुमा ट्रक र बस ठोक्किँदा चालकको मृत्यु, ११ घाइते

कपिलवस्तु- शिवराज नगरपालिका-१ चोरखोलामा शुक्रबार ट्रक र बस आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३३३ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको लु प्र ०३-००१ ख ००९९ नम्बरको बस एकापसमा ठोक्किँदा बस चालक बाँकेको खजुरा गाउँपालिका-५ का सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालको जानकारी दिए।

बसमा सवार ११ यात्रु घाइते भएका छन्। घाइते सवैको अवस्था सामान्य रहेको छ। मोरङ कानेपोखरी गाउँपालिका-२ घर भएका ट्रक चालक रुपेश धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १६ असोज २०८३ १०:५५ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast