डुम्रे–बेँसीसहर–चामे सडक हटाइयो पहिरो, यातायात सुचारु

हिमाल प्रेस १६ असोज २०८३ ५:५३ | Friday, October 2, 2026
डुम्रे–बेँसीसहर–चामे सडक हटाइयो पहिरो, यातायात सुचारु

काठमाडौँ- अविरल वर्षाका कारण क्षति पुगेको डुम्रे–बेँसीसहर–चामे सडकखण्ड अन्तर्गत बेँसीसहर–चामेको रामबजारस्थित पहिरो हटाएर यातायात सुचारु गरिएको छ। तिमाङदेखि कोतोसम्मका विभिन्न स्थानमा पहिरो हटाउने कार्य भइरहेको छ।

भौतिक पूर्वाधारमन्त्री ई.सुनिल लम्सालकाअनुसार फापरखेतमा स्थानीयको जग्गा कटिङ गर्नुपर्ने र क्षतिपूर्तिको विषयमा देखिएको समस्या पालिका तथा जिल्ला प्रशासनसँगको समन्वयमा समाधान गरिएको छ।

खोत्रोमा पूर्ण रूपमा क्षति भएको सडकखण्डमा पछाडिबाट कटिङ गरी टेवा पर्खाल लगाएर गरेर साँझसम्म यातायात सुचारु गरिनेछ। खोत्रो नजिकैको भीरमा नेपाली सेनासँगको समन्वयमा ब्लास्टिङको तयारी छ।

गरछापमा थुप्रिएको लेदो तथा पहिरो हटाउने कार्य जारी छ। बाढीले बगाएका काठेपुलहरूमा डाइभर्सन निर्माण गरी आगामी शुक्रबारसम्म उक्क सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढेको छ मन्त्री लम्सालले जानकारी दिए।

प्रकाशित: १६ असोज २०८३ ५:५३ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast