कानुनमन्त्री सोविता गौतम
काठमाडौँ- प्रतिनिधिसभाको बुधबारको बैठकले विभिन्न तीन वटा विधेयक विषयगत समितिमा पठाएको छ। कानुनमन्त्री सोविता गौतमले विधेयकबारे जानकारी गराएकी हुन्।
मन्त्री गौतमका अनुसार ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३, नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३, निःशुल्क कानूनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाइएको छ।
यी विधेयकहरूमाथि समितिमा दफावार छलफलपछि समितिबाट पारित भई पुनः संसद् आउने छ।
प्रकाशित: १५ असोज २०८३ ११:४४ | Thursday, October 1, 2026
प्रतिक्रिया



