यी तीन निर्माण कम्पनी कालोसूचीमा

हिमाल प्रेस १५ असोज २०८३ ९:३८ | Thursday, October 1, 2026
6
SHARES
यी  तीन निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक डिभिजन जुम्लाको सिफारिसका आधारमा ती निर्माण व्यवसायीहरूलाई २ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कारबाही प्रक्रिया अघि बढाउँदै ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरूले कुनै पनि सरकारी तथा सार्वजनिक निकायको खरिद तथा बोलपत्र (टेन्डर) प्रक्रियामा भाग लिन पाउने छैनन् ।

कार्यालयद्वारा जारी सूचनाअनुसार काठमाडौँ कोटेश्वरस्थित दान बहादुर कार्की मुख्य व्यक्ति रहेको शंकरमाली निर्माण सेवा प्रालि र कालिकोटको खाडाचक्र–०१ स्थित सूर्य बहादुर शाही मुख्य व्यक्ति रहेको मान शाही निर्माण सेवालाई ३-३ वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यसैगरी, काठमाडौँ कलंकीस्थित माधव घिमिरे र हरि प्रसाद घिमिरे सञ्चालक रहेको कश्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रालिलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

सूचना प्रकाशित भएको मितिदेखि नै लागू हुने गरी गरिएको यस निर्णयसँगै अब तोकिएको अवधिसम्म यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कुनै पनि सार्वजनिक निकायको खरिद तथा ठेक्कापट्टा प्रक्रियामा भाग लिन पाउने छैनन् ।

प्रकाशित: १५ असोज २०८३ ९:३८ | Thursday, October 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast