भ्यालेन्टाइन्स डेमा भारतका ३७ सहरमा प्रदर्शन हुँदै ‘डीडीएलजे’

हिमाल प्रेस २७ माघ २०७९ १४:०७ | Friday, February 10, 2023
भ्यालेन्टाइन्स डेमा भारतका ३७ सहरमा प्रदर्शन हुँदै ‘डीडीएलजे’

काठमाडौँ- शाहरुख खान र काजोल अभिनीत फिल्म ‘दिलवाले दुल्हनियाँ ले जायेँगे’ फेरि प्रदर्शनमा आएको छ। भ्यालेनटाइन्स डेका छेको पारेर फिल्मलाई पुनः प्रदर्शन गरिएको हो।

‘डीडीएलजे’ भारतीय सिनेमाको इतिहासमा सबैभन्दा लामो समयसम्म चल्ने फिल्म हो। ब्लकबस्टर फिल्म आजदेखि भारतका सिनेमा हलमा लागेको छ।

आदित्य चोपडाद्वारा निर्देशित रोमान्टिक कमेडी प्रशंसक तथा दर्शकको इच्छाअनुसार फेरि प्रदर्शन गरिएकाे यशराज फिल्म्सले जनाएको छ।

‘यस वर्षको भ्यालेन्टाइन्स डेको अवसरमा हामी उनीहरूको इच्छा पूरा गर्दैछौँ,’ यशराज फिल्म्सले सामाजिक सञ्जालमा जानकारी साझा गरेको छ, ‘फेब्रुअरी १० देखि भारतभर एक हप्ताको लागि मात्र फिल्म प्रदर्शन गरिनेछ।’

डीडीएलजे मुम्बई, पुणे, अहमदाबाद, बडोदरा, सुरत, गुड़गाउँ, लखनऊ, फरिदाबाद, देहरादून, दिल्ली, नोएडा, चंडीगढ़, कोलकाता, गुवाहाटी, बैंगलोर, हैदराबाद, इन्दौर, त्रिवेन्द्रम, चेन्नईलगायत भारतका ३७ सहरमा रिलिज हुनेछ।

 

प्रकाशित: २७ माघ २०७९ १४:०७ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast