एकैदिन २७२ विपद्का घटना : १ हजार १८१ को उद्धार, २१ को मृत्यु

हिमाल प्रेस १३ असोज २०८३ ६:३१ | Tuesday, September 29, 2026
6
SHARES
एकैदिन २७२ विपद्का घटना : १ हजार १८१ को उद्धार, २१ को मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर २७२ विपद्का घटना भएका छन् । विपद्मा परेका एक हजार १८१ जनाको उद्धार गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार तथा व्यवस्थापनका लागि एक हजार ४८२ प्रहरी परिचालन गरिएको छ ।

सो अवधिमा सर्पदंशका ११, आगलागीका सात, बाढीका २१, पहिरोका ३७, अविरल वर्षाका ३२, हावाहुरीका सात, हिमपातको एक तथा जनावरको आक्रमणका चार वटा घटना भएका छन् ।

विपद्का घटनामा परी २१ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । चार जना अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।

विपद्का कारण १२१ चौपाया क्षति भएका छन् । यस्तै, देशभर ४८ सडक अवरुद्ध भएका छन् । बाढी, पहिरो र वर्षाका कारण सडक यातायातमासमेत प्रभाव परेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast