एसियन गेम्स क्रिकेट : एकै बल नखेली भारत-पाकिस्तान सेमिफाइनलमा, नेपाल पुग्ला?

हिमाल प्रेस १२ असोज २०८३ १०:४९ | Monday, September 28, 2026
12
SHARES
एसियन गेम्स क्रिकेट : एकै बल नखेली भारत-पाकिस्तान सेमिफाइनलमा, नेपाल पुग्ला?

काठमाडौँ- एसियन गेम्सअन्तर्गतको क्रिकेट प्रतियोगितामा वर्षा वाधक बन्दा भारत र पाकिस्तान कुनै खेल नै नखेली सेमिफाइनल पुगेका छन्। जापानमा जारी एसियन गेम्समा आज क्वार्टरफाइनलका दुई खेल तय गरिएको थियो। सेमिफाइनलका लागि भारतले अफगानिस्तानसँग भिड्दा हङकङसँग पाकिस्तानले प्रतिस्पर्धा गर्नुपर्ने थियो। तर आज बिहानैदेखि वर्षा बाधक बन्दा वरीयताका आधारमा भारत र पाकिस्तान सेमिफाइनल पुगेका हुन्।

एसियन गेम्समा नेपाल पनि सहभागी छ। समूह चरणमा अफगानिस्तान र जापानलाई जित्दै नेपाल भोलि सेमिफाइनलको यात्रा तय गर्न टेस्ट टिम श्रीलंकासँग भिड्दैछ। तर भोलिको म्याचमा पनि वर्षाको सम्भावना छ। यदि वर्षा भए श्रीलंका सेमिफाइनलमा जाने छ भने नेपालको यात्रा टुंगिनेछ।

प्रकाशित: १२ असोज २०८३ १०:४९ | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast