२०औं एसियन गेम्स : नेपालले खोल्यो पदकको खाता, करातेबाट शेर्पाले जिते कास्य

हिमाल प्रेस ७ असोज २०८३ १२:४३ | Wednesday, September 23, 2026
4
SHARES
२०औं एसियन गेम्स : नेपालले खोल्यो पदकको खाता, करातेबाट शेर्पाले जिते कास्य

काठमाडौँ- जापान जारी २०औं एसियन गेम्समा नेपालले पहिलो पदक जित्न सफल भएको छ। नेपालले करातेबाट पहिलो पदकस्वरुप कास्य पदक जितेको हो।

नेपालका लागि करातेको कुमितेको ८४ केजीमाथिको तौल समूहमा तेन्जिङ शेर्पाले कास्य पदक जित्न सफल भएका हुन्।

तेन्जिङ सुरुमा सेमिफाइनलमा इरानका नेमातीसँग ५-० अंकलेपराजित भएका थिए। सेमिफाइनल पराजित भएपछि उनले कास्य पदकका लागि लाओसका खेलाडीसँग प्रतिस्पर्धा गरे।

जसमा उनले लाओसका वाथानालाई ९-१ अंकले हराएर देशका लागि पहिलो कास्य जित्न सफल भए।

 

प्रकाशित: ७ असोज २०८३ १२:४३ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast