वर्षा बाधक बन्दा एसियन गेम्स क्रिकेटबाट नेपाल बाहिरियो, मर्‍यो पदको आस

हिमाल प्रेस १३ असोज २०८३ ६:२८ | Tuesday, September 29, 2026
वर्षा बाधक बन्दा एसियन गेम्स क्रिकेटबाट नेपाल बाहिरियो, मर्‍यो पदको आस

काठमाडौँ- जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ ।

श्रीलंका र नेपालबीच बिहान पौने ६ बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको हो । खेल रद्द भएसँगै वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ। नेपालले एसियन गेम्समा क्रिकेटबाट पदकको आस गरेको थियो। यदि नेपाल सेमिफाइनल पुगेको भए कास्यँसम्म हात पार्ने थियो। तर वर्षाका कारण नेपाल पदक विहीन बन्यो।

नेपालको यात्रा भने क्वाटरफाइनलबाटै सकिएको छ । नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित: १३ असोज २०८३ ६:२८ | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast