नेपाली पुरुष क्रिकेट टिम एसियन गेम्समा छनोट

हिमाल प्रेस २० जेठ २०८३ ७:४४ | Wednesday, June 3, 2026
6
SHARES
नेपाली पुरुष क्रिकेट टिम एसियन गेम्समा छनोट

काठमाडौँ- नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई नौ विकेटले हराएपछि नेपालले जापानमा आयोजना हुने आसन्न एसियन गेम्समा स्थान बनाएको हो।

जितका लागि ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ७.५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । यसअघि पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८४ रन बनाएको थियो।

जितसँगै समूहबाट मलेसियाले पनि छनोट यात्रा तय गरेको छ । समूहमा लगातार दोस्रो हार खेपेको चीन छनोटबाट बाहिरिएको छ । अब समूहको अन्तिम खेलमा नेपाल र मलेसियाबिच बिहीबार प्रतिस्पर्धा हुने छ।

नेपालले समूहको आफ्नो पहिलो खेलमा चीनलाई २२१ रनले हराएको थियो । समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेको छ । समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनोट हुने प्रावधान रहेको छ।

प्रकाशित: २० जेठ २०८३ ७:४४ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast