क्रिकेट टोलीको बिदाइ

हिमाल प्रेस ३ असोज २०८३ १७:१४ | Saturday, September 19, 2026
क्रिकेट टोलीको बिदाइ

काठमाडौँ- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।

शनिबार काठमाडौँको त्रिपुरश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले क्रिकेट टोलीलाई बिदाइ गरेका हुन्।

बिदाइ कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाली टीम राम्रो लयमा रहेकाले मेडल ल्याउने उदेश्यका साथ जापान जान लागेको बताए। उनले प्रतियोगीताका लागि नेपाली टोली निकै उत्साहित रहेको उल्लेख गरे।

त्यस्तै नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्ने र पदक हासिल गर्ने विश्वास रहेको बताए।

एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह चरणमा नेपालले सेप्टेम्बर २५मा अफगानिस्तान र सेप्टेम्बर २६ मा जापानको सामना गर्नेछ।

समूह चरणबाट दुईदुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। नेपाल समूह विजेता बनेमा क्वार्टरफाइनलमा श्रीलंका तथा उपविजेता बनेमा भारतको सामना गर्नेछ।

प्रकाशित: ३ असोज २०८३ १७:१४ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast