गैँडाको खाग तस्करी आरोपमा १५ जना पक्राउ

हिमाल प्रेस २७ माघ २०७९ ११:२८ | Friday, February 10, 2023
गैँडाको खाग तस्करी आरोपमा १५ जना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न रहेको आरोपमा विभिन्न १५ जनालाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले विशेष सूचनाका आधारमा गत पुस १९ गते काठमाडौँ महानगरपालिका-७, सरस्वतीनगर टोलबाट गैँडाको एक थान खाग (तौल ५२२ ग्राम) सहित सुरुमा इन्द्रमणि आर्चाय र जमुनाकुमारी शर्मालाई पक्राउ गरेको थियो।

त्यसपछि सोधपुछ तथा अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न अन्य १३ जनालाई विभिन्न मितिमा विभिन्न जिल्लाबाट पक्राउ गरी  आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

ब्युरोको टोलीले अनुसन्धानका क्रममा माघ १२ गते बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीलाई पक्राउ गरेको थियो।

माघ २० गते डम्बरकुमार आलेमगर, दानबहादुर राना र निर्मल शाहीलाई, माघ २२ गते हरिमाया राना, माघ २४ गते कमला तामाङ तथा माघ २५ गते सोमबहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान वाइबा, राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पक्राउ गरेको ब्युरोले जनाएको छ।

प्रकाशित: २७ माघ २०७९ ११:२८ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast