मकैबारीमा मृत गैँडा भेटियो, खाग र खुर सुरक्षित

हिमाल प्रेस १ जेठ २०८३ ११:१७ | Friday, May 15, 2026
16
SHARES
मकैबारीमा मृत गैँडा भेटियो, खाग र खुर सुरक्षित

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका-१ लोकहा स्याउलीमा एउटा भाले गैँडा मृत फेला परेको छ।

स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए।

उनका अनुसार वयस्क गैँडा मरेको हो। खाग र खुर सुरक्षित राखिएको छ। शरीरमा चोटपटक नदेखिएकाले गैँडाको मृत्युको कारण खुल्न सकेको छैन। यस सम्बन्धमा अनुसन्धान भइरहेको छ।

प्रकाशित: १ जेठ २०८३ ११:१७ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast