काठमाडौँ- कालीगण्डकी नदीको बाढीले पर्वतको जलजलामा २० भन्दा बढी घर बगाएको छ । वडा नम्बर ८ फर्से क्षेत्रमा अहिलेसम्म २० भन्दा बढी घर बगाइसकेको स्थानीय प्रकाश पौडेलले जानकारी दिएका छन्।
उनका अनुसार कालिगण्डकीको बाढी अझै बस्तीतिर पस्न थालेको छ । मान्छेहरूलाई सुरक्षित गर्ने बाहेक अरू कुनै विकल्प नरहेको उनले सुनाए ।
बाढीले तीव्र रूप लिँदा घरहरूसँगै स्थानीय विद्यालय, विभिन्न कृषि फर्म तथा गोठहरू समेत बगाएको छ ।
प्रकाशित: ११ असोज २०८३ ८:०३ | Sunday, September 27, 2026
प्रतिक्रिया



