विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग

हिमाल प्रेस १० असोज २०८३ १५:५३ | Saturday, September 26, 2026
2
SHARE
विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग

काठमाडौँ- निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा विभिन्न आयामबाट छलफल चलाइरहेको छ।

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार (आउट अफ कन्ट्री भोटिङ) दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्कीसहितका पदाधिकारीले सरोकारवाला एवं जानकारहरूसँग विमर्श चलाएका हुन्।

आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या, मतदाता नामावली संकलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगको भूमिकाबारे विचारविमर्श गरिरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

विदेशमा रहेका नेपालीको यकीन विवरण संकलन, उनीहरूलाई मतदाता नामावलीमा समेट्ने प्रक्रिया, मतदान केन्द्रको सम्भावित व्यवस्था तथा मतदानपछि मतपत्र व्यवस्थापनलगायत प्राविधिक र प्रशासनिक पक्षमा समेत आयोगले छलफल चलाएको छ।

यसै सन्दर्भमा आयोगले परराष्ट्र मन्त्रालयको सहजीकरणमा हालै विभिन्न मुलुकस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखसँग छलफल गरेको थियो।

आयोगको आफ्नै अध्ययन सामग्रीमा पनि विभिन्न मुलुकले विदेशस्थित दूतावास तथा कन्सुलेटमा मतदान केन्द्र स्थापना गर्ने, हुलाकमार्फत मतदान गराउने, प्रतिनिधिमार्फत मतदान गर्ने तथा विद्युतीय वा मिश्रित विधि अपनाउने विकल्प र सोका लागि आवश्यक कानुनी र नीतिगत परिवर्तनको अध्ययन पनि गरिरहेको छ।

प्रकाशित: १० असोज २०८३ १५:५३ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast