कुन कुन राजमार्ग अवरुद्ध छन्?

हिमाल प्रेस १० असोज २०८३ ७:५२ | Saturday, September 26, 2026
8
SHARES
कुन कुन राजमार्ग अवरुद्ध छन्? फाइल तस्बिर।

काठमाडौँ– अविरल वर्षाले देशका मुख्यराजमार्ग छिन्नभिन्न भएका छन्। वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भएका छन्।

रामेछापको मन्थली नगरपालिका–६ हातिटारमा मन्थली–खुर्कोट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

मनाङको नासो गाउँपालिका–३ खोत्रोमा चामे बेसीसहर सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

म्याग्दी रघुगंगा गाउँपालिका–२ बैसरीमा बेनी–जोमसोम सडकखण्ड पहिरो अवरुद्ध हुँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर–बेनी–जोमसोम सडकमा पनि पहिरो गएको छ । यस्तै विभिन्न सडकखण्डमा पहिरो जाँदा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १० असोज २०८३ ७:५२ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast