बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

हिमाल प्रेस २७ माघ २०७९ ७:५४ | Friday, February 10, 2023
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। झापा दमक नगरपालिका–३ घर भई काठमाडौं भिमसेनगोला बस्ने ४३ वर्षीय दिनेश खतिवडालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

उच्च अदालत पाटन ललितपुरको २०७९ मंसिर २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र ८ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ शंखमुलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको प्रहरीको भनाइ छ ।

प्रकाशित: २७ माघ २०७९ ७:५४ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast