जलवायु संरक्षणमा नेपालले दायित्वभन्दा बढी काम गरिरहेको छ : प्रधानमन्त्री शाह

हिमाल प्रेस ९ असोज २०८३ ६:३१ | Friday, September 25, 2026
6
SHARES
जलवायु संरक्षणमा नेपालले दायित्वभन्दा बढी काम गरिरहेको छ : प्रधानमन्त्री शाह

न्युयोर्क- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विश्वमञ्चमा नेपालको वातावरण संरक्षण र जलवायु न्यूनीकरणका प्रयास प्रस्तुत गर्दै अति कम विकसित राष्ट्र (एलडीसी) भए पनि नेपालले आफ्नो दायित्वभन्दा बढी योगदान गरिरहेको बताएका छन्।

नेपाली समयअनुसार शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले नेपालको करिब आधा भूभाग वनजंगलले ढाकिएको उल्लेख गरे।

प्रदूषणकारी ऊर्जाको प्रयोग घटाउन नेपालले तीव्र गतिमा जलविद्युत् उत्पादन विस्तार गरिरहेको र विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा पनि उल्लेखनीय प्रगति गरेको उनले बताए।

जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को सामना गर्न स्थानीय तहमा जलवायु अनुकूलनका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि प्रधानमन्त्री शाहले व्यक्त गरे।

प्रकाशित: ९ असोज २०८३ ६:३१ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast