रन्जु दर्शना विवेकशील साझामै फर्किइन्

हिमाल प्रेस २६ माघ २०७९ २१:४९ | Thursday, February 9, 2023
रन्जु दर्शना विवेकशील साझामै फर्किइन्

काठमाडौँ– रन्जु दर्शना विवेकशील साझा पार्टीमा फर्केकी छन्। सो पार्टीमा फर्किएको उनले बिहीबार सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छन्।

उनी डेढ वर्षपछि विवेकशील साझा पार्टीमा फर्किएकी हुन्। ‘करिब डेढ वर्ष स्वतन्त्र रहेको म विवेकशील साझा पार्टीबाटै दलीय राजनीति पुनारम्भ गर्दैछु,’उनले भनेकी छन्, ‘भोलि र पर्सी (२७-२८) गते हुने विसापाको महाधिवेशनबाट एकीकृत र सशक्त पार्टी निर्माणमा लाग्न म पनि प्रतिबद्ध छु।’

विवेकशील पार्टीमा सुरुवातदेखि नै रहँदै आएकी उनी दुई वर्षअघि विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रलगायत शीर्ष नेतासँग फरक मत राख्दै पार्टीको जिम्मेवारीबाट अलग भएकी थिइन्।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ ५ बाट सेलरोटी चिन्ह लिएर उठेकी थिइन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले पराजित गरेका थिए।

प्रकाशित: २६ माघ २०७९ २१:४९ | Thursday, February 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast