काठमाडौँ- सांसद रन्जु न्यौपाने (दर्शना) ले संसद्मा बोल्न पाउने अधिकार सबै सांसदलाई भए पनि त्यसका लागि नियमअनुसार समय माग्नुपर्ने बताएकी छन्।
बुधबार जारी प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै संसद्को बेल घेराउ गरेपछि प्रतिक्रिया दिँदै उनले सदनको कार्य सञ्चालन निर्धारित नियम र प्रक्रियाअनुसार हुनुपर्ने धारणा राखिन्।
सांसद न्यौपानेले सामाजिक सञ्जालमा भनिन्, ‘सदनमा बोल्न पाइन्छ। तर नियमअनुसार बोल्न समय माग्नु सामान्य कुरा हो। अति गर्नु त हुँदैन।’
उनले संसदीय मर्यादा र प्रक्रियाको सम्मान गर्दै आफ्ना धारणा राख्नुपर्ने भन्दै अनावश्यक अवरोधले संसद्को कामकारबाही प्रभावित हुने बताइन्।
प्रकाशित: २७ जेठ २०८३ १७:५० | Wednesday, June 10, 2026
प्रतिक्रिया




